Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अस्ट्रेलियामाथि फ्रान्सको उत्कृष्ट पुनरागमन जित

अस्ट्रेलियामाथि फ्रान्सको उत्कृष्ट पुनरागमन जित

  • 344
    SHARES
  • अस्ट्रेलियामाथि फ्रान्सको उत्कृष्ट पुनरागमन जित

    काठमाडौं । एक गोललेपछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४-१ को पुनरागमन जित निकालेको छ । 

    मंगलबार राति दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए ।

    खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो । 

    जितसँगै समूह 'डी' मा फ्रान्सले पहिलो खेलमा तीन अंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij