Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मतदान शान्तिपूर्ण भइरहेको छ : गृहमन्त्री खाण

मतदान शान्तिपूर्ण भइरहेको छ : गृहमन्त्री खाण

  • 348
    SHARES
  • मतदान शान्तिपूर्ण भइरहेको छ : गृहमन्त्री खाण

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । गृहजिल्ला रूपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

    उनले भने, ‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ । शान्तिपूर्ण रूपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

    रूपन्देही-३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij