Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

इंग्लिस प्रिमियर लिग : सिटी र चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग : सिटी र चेल्सी पराजित

  • 359
    SHARES
  • इंग्लिस प्रिमियर लिग : सिटी र चेल्सी पराजित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । 

    सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । 

    जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।
    राति नै भएको अर्को खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो । 

    न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे । 

    न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij