Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाही–३ का वाम लोकतान्त्रिक उम्मेदवार नरेन्द्र साह भन्छन्– विकास गर्न स्वतन्त्रभन्दा पार्टीमा आबद्ध हुँदा सजिलो

सर्लाही–३ का वाम लोकतान्त्रिक उम्मेदवार नरेन्द्र साह भन्छन्– विकास गर्न स्वतन्त्रभन्दा पार्टीमा आबद्ध हुँदा सजिलो

  • 369
    SHARES
  • सर्लाही–३ का वाम लोकतान्त्रिक उम्मेदवार नरेन्द्र साह भन्छन्– विकास गर्न स्वतन्त्रभन्दा पार्टीमा आबद्ध हुँदा सजिलो

    सर्लाही । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट आशन्न प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले स्वतन्त्ररूपमा चुनाव लड्नुभन्दा राजनीतिक दलमा आबद्ध हुनु बेस हुने बताएका छन् । सर्लाहीको हरिवनस्थित बासाटोलमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

    नेकपा माओवादी केन्द्रका नेता साहले आशन्न प्रतिनिधिसभाको चुनावी दौडका क्रममा हरिवनको बासाटोलस्थित वडा नम्बर ११ का स्थानीयबासीका प्रश्न र जिज्ञासाहरूको सम्बोधन गरेका थिए । ‘समग्र विकासका लागि स्वतन्त्र उम्मेदवारबाट पार नलाग्ने रहेछ,’ साहले भने,‘त्यही भएर मैले पार्टीबाट उम्मेदवार दिएको हुँ ।’ उनले थपे, ‘स्थानीय क्लबहरूलाई कुनै समस्या पर्दा, अन्य कसैलाई समस्या पर्दा समस्या समाधानका लागि म सधैं तत्पर हुनेछु ।’

    सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका नेता साहले यस क्षेत्रको विकासका लागि आफू अग्रसर रहेको बताए । ‘तपाईं युवाहरूको आवाज सुन्नुहोस्,' स्थानीय युवा अमृत थिङले नेता साहसँग भने, ‘तपाईंको भिजन पनि सुनाउनुहोस् ।’

    जुझारू, जोशिला र प्रखर वक्ता लाग्ने ती युवालाई साहले नरम भाषामा जवाफ फर्काए । ‘युवाहरू सीप बेच्नका लागि विदेस जाने हो । श्रम होइन । विदेशीएका युवाहरू फर्किएर यहीँ उद्यम, व्यवसाय गर्न सक्छन् ।’

    कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको समस्या समाधानका लागि पहल गर्ने तर्फ उनले संकेत गरे । पढ्नका लागि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका परिवारलाई हरिवनका मेयरसँग समन्वय गरेर आफूलाई खबर गर्न उनले आग्रह गरे ।

    हरिवनको बासाटोलस्थित वडा नम्बर ११ का स्थानीयबासिहरूसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रम नेता साहसँगै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), बाग्मती नगरपालिकाका मेयर भरत थापा लगायको उपस्थिति रहेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij