Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

छठको अवसरमा नेता साहबाट सर्लाहीका विभिन्न जलाशय भ्रमण [तस्बिरहरू]

छठको अवसरमा नेता साहबाट सर्लाहीका विभिन्न जलाशय भ्रमण [तस्बिरहरू]

  • 425
    SHARES
  • छठको अवसरमा नेता साहबाट सर्लाहीका विभिन्न जलाशय भ्रमण [तस्बिरहरू]

    सर्लाही । छठ पर्वको अवसरमा पूर्व सभासद एवम् समाजसेवी नरेन्द्र साह सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानहरूमा पुगेका छन् ।

    बरहथवाको हिरापुरबाट सुरु गरेर बसबरियाको धनगढा, गोनर्वा, सोहोर्वा, बरहथवाको कटानी, करोरिया, श्रीपुर, कबिलासीको हेमपुर, बहेरिया, पछगछिया, जमुनियालगायतका क्षेत्र पुगेका थिए ।

    छठको दोस्रो दिन बाग्मती नदीमा सूर्यलाई अर्घ दिएर बिसर्जन गरिएको थियो । नेपालको विशेषगरी तराई, मधेस क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लाका साथ मनाइन्छ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ । 

    यस पर्वमा सूर्य देवता र छठी माताको पूजा अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ ।

    ‘छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीहरूमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँछ,’ नेता साहले भने, ‘यसले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास छ ।’

    WhatsApp Image 2022-11-01 at 8.22.41 AM.jpeg

    WhatsApp Image 2022-11-01 at 8.22.40 AM (1).jpeg

    WhatsApp Image 2022-11-01 at 8.22.42 AM.jpeg

    WhatsApp Image 2022-11-01 at 8.30.01 AM (2).jpeg

    WhatsApp Image 2022-11-01 at 8.30.03 AM.jpeg

    chhat n3.jpg

    n2.jpg

    nareda chhat.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij