Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

शीर्ष स्थानमा फर्कियो आर्सनल 

शीर्ष स्थानमा फर्कियो आर्सनल 

  • 380
    SHARES
  • शीर्ष स्थानमा फर्कियो आर्सनल 

    काठमाडौं । नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । 

    आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे । 

    पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो ।

    आर्सनल १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij