Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विगतका वर्षभन्दा फूलको माग धेरै

विगतका वर्षभन्दा फूलको माग धेरै

  • 409
    SHARES
  • विगतका वर्षभन्दा फूलको माग धेरै

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट राम्रो आम्दानी गरेका छन् ।

    शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रूपमा फूलखेती गरेको उनले बताए ।

    ‘अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।’ उनले भने, ‘हामीले माग अनुसार दिन सकिरहेका छैनौं ।’ उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रूपमा फूलखेती गरेको बताए ।

    ‘जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौं ।’ उनले भने ‘दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौं यसलाई निरन्तरता दिनेछौं।’

    उनले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताए । अहिले निर्वाचनको समयमासमेत प्रचार-प्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको छ ।

    ‘प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौं’ उनले भने ‘एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।’ दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उनले बताए ।

    ‘फूल बिक्रीबाट १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ’, उनले भने ‘यहाँ उत्पादन भएको फूल काठमाडौंसम्म पठाउने लक्ष्य छ ।’ यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेकाे उनको भनाइ छ ।

    ‘विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ’, उनले भने ‘अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।

  • सम्बन्धित विषय:

  • # फूल
  • # माग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij