Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

  • 321
    SHARES
  • संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

    धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

    पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा संघीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र संघीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्णरूपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिए । देउवाले भने, ‘देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ ।’

    प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रसंग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरूको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे ।

    उनले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिए ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो संघर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताए ।

    अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उनले भने, ‘त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहींनकहीं यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र संघीयतालाई कमजोर पार्ने छ, त्योसँग हाम्रो बहस भइरहेको छ ।’

    देशमा सात सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उनले भने, ‘यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij