Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बबई नदीमा बगेर दुई बालिका बेपत्ता

बबई नदीमा बगेर दुई बालिका बेपत्ता

  • 343
    SHARES
  • बबई नदीमा बगेर दुई बालिका बेपत्ता

    दाङ । दाङको बबई नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । शनिबार नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका वडानम्बर-२ की १३ वर्षीया रमा शाह र सल्यान दामाचौर-१ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार दिउँसो करिब १ बजेतिर नुहाउन गएका उनीहरू नदीमा बगेर बेपत्ता भएका हुन् ।

    तुलसीपुर उपमहानगरपालिका वडानम्बर-११ बेलटाकुरा र दंगीशरण-२ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij