Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पूर्वसांसद नरेन्द्र साह भन्छन्– सर्लाही–३ लाई देशकै नमुना क्षेत्र बनाउँछु

पूर्वसांसद नरेन्द्र साह भन्छन्– सर्लाही–३ लाई देशकै नमुना क्षेत्र बनाउँछु

  • 1.1K
    SHARES
  • पूर्वसांसद नरेन्द्र साह भन्छन्– सर्लाही–३ लाई देशकै नमुना क्षेत्र बनाउँछु

    सर्लाही । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का साझा उम्मेदवार नरेन्द्र साहले आफू माओवादी केन्द्रमा नवप्रवेशी नभएको बताएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएपछि केहीले नवप्रवेशी भनिएकोमा उनले टिप्पणी गरेका हुन् ।

    समाजसेवी तथा सर्लाहीमा लोकप्रिय नेताको छवि बनाएका पूर्वसांसद साह २०७४ को चुनावमा गुलाब चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    ‘म २०५३ सालदेखि नै माओवादीमा समर्पित भएर लागेको हो ।’ सर्लाहीको हरिवन नगरपालिकास्थित नेकपा माओवादी केन्द्र ७ नम्वर वडा भेलालाई सम्बोधन गर्दै साहले भने, ‘कसैले मलाई भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेको हो भन्नु भएको छ । तर, मेरो राजनीतिक इतिहास लामो छ ।’ सर्लाहीबाट धेरै नेता जन्मिए पनि यहाँ विकास नभएको उनले टिप्पणी गरे ।

    साहले आउने मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा आफूले जितेर गएपछि सर्लाही क्षेत्र नम्बर ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पहिले हामी घुम्न काठमाडौं, पोखरा जान्थ्यौं,’ साहले भने, ‘अब हामी अन्य ठाउँबाट सर्लाही घुम्न आउँने बनाउँछौं ।’ आफूलाई भारी मतले जिताउन साहले जनतासँग अपिल गरे ।

    यस्तै नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि भेलामा बोल्दै पद्मा मोक्तानले वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का साझा उम्मेदवार नरेन्द्र साहको प्रशंसा गरिन् ।

    ‘उहाँले दुर्गम क्षेत्रमा खानेपानीको सुविधा प्रदान गर्न ठूलो योगदान दिनुभएको छ । उहाँ विकासप्रेमी नेता हो । हामीले खोजे जस्तो, रोजे जस्तो इमानदार नेता हो’, मोक्तानले सम्बोधनका क्रममा भनिन्, ‘अरू नेताहरू जस्तो कमाउ धन्दामा लाग्ने नेता होइन ।’

    सर्लाहीस्थित नेकपा माओवादी केन्द्र ७ नम्वर वडा कमिटी, हरिवलने कार्यक्रमको आयोजना गरेको थियो ।

    वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिन्छ : नरेन्द्र साह वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिन्छ : नरेन्द्र साह

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij