Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले भने-प्रधानमन्त्री ओली नै बन्ने भए 

पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले भने-प्रधानमन्त्री ओली नै बन्ने भए 

  • 791
    SHARES
  • पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले भने-प्रधानमन्त्री ओली नै बन्ने भए 

    काठमाडौं । नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रको प्रयास असफल देखिएको छ । 

    पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकले नयाँ सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

    राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जनता समाजवादी पार्टीको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुसँगका बार्ता र प्रयासका बारेमा जानकारी गराएका थिए । 

    अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अबको प्रधानमन्त्री ओली नै बन्ने सम्भावना देखिएको बैठकमा उपस्थित नेतालाई जानकारी गराएका थिए ।

    बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा देउवा–प्रचण्ड छलफल भएको थियो । सो छलफलमा देउवाले नेपालपक्षले सामुहिक राजीनामा दिए र जसपामा ठाकुर–महतो पक्षले साथ दिए आफूहरु नेतृत्वकै नयाँ सरकार बन्ने आश्वासन दिएका थिए । 

    तर नेपाल पक्षले तत्काल राजीनामा नदिने र ठाकुर–महताेले ओलीलाई नै सघाउने भएपछि नयाँ सरकार गठनका लागि माओवादी तत्काल असफल भएको धारणा पनि बैठकमा प्रचण्डले राखेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij