वेबटिभी खबर
काठमाडौं । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारको विषयमा बुधबार सत्तारूढ ४ दलले जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै लोसपा र सत्ता गठबन्धनका नेतृत्वकारी दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच असोज २२ गते भएको सहमति विपरित रहेको उल्लेख गरेका छन् ।
सत्तारूढ गठबन्धनले सर्लाही क्षेत्र नं.२ प्रतिनिधिसभा तर्फको साझा उम्मेदवार महेन्द्र राय यादवलाई बनाएको छ । चार दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनका साझा उमेदवार महीन्द्र राय यादव र सर्लाही २ प्रदेश सभा (१) मा सुनिल साह र २ मा कौशलन्द्र किशोर राय यादव उम्मेदवार रहनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का नेता यादवलाई गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ । सोही विषयलाई लोसपाले असहमति जनाउँदै २२ गते भएको मधेस प्रदेशको सन्दर्भमा भएको सहमति नै आधिकारीक सहमति रहेको आग्रह गरेको हो ।
विज्ञप्तिमा थप भनिएको छ, ‘सर्लाही क्षेत्र नं.२ को प्रतिनिधिसभातर्फ मित्रवत् प्रतिस्पर्धा गर्ने, सर्लाही क्षेत्र नं.२ को (क) मा नेपाली कांग्रेसको उम्मेदवार हुने, सर्लाही क्षेत्र नं २ को (ख) मा लोसपा नेपालको उम्मेदवार हुने, सर्लाही क्षेत्र नं.१ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने, महोत्तरी क्षेत्र नं.१ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने, महोत्तरी क्षेत्र नं.२ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने ।’
सर्लाही २ मा लोसपाका राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् ।
चार दलले बुधबार गरेकाे निर्णयपछि जारी गरेकाे विज्ञप्ति यस्ताे थियाे

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij