Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ : मेयर बालेन साह 

सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ : मेयर बालेन साह 

  • 328
    SHARES
  • सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ : मेयर बालेन साह 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने बताएका छन् ।

    मेयर साले फुटपाथ व्यापारलाई दसैंको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति महानगरको ध्यानाकर्षण भएको जनाएका छन् ।

    बिहीबार विज्ञप्ति जारी गर्दै मेयर साहले भनेका छन्,‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । शहरको विकास, सुधार र समृद्धिका लागि कानुनप्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिबद्धता हो । यो कायम छ ।’

    उनले शहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्याउने, शहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई महानगरले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij