Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

  • 306
    SHARES
  • बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

    काठमाडौं । जंगली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।

    बिहीबार जंगली बँदेलको मासु फ्रिजमा राख्दै गरेको अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् ।

    उनलाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जंगली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए ।

    उनले भने, ‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ । मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।’

    परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार कारबाही गरिने ऐरले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij