वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सात जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरे पनि सात जना सांसद मतदानस्थलमा उपस्थित भएका छन् ।
उपस्थित हुनेहरूमा संसदमा ध्रुव शाही, राजबहादुर बुढा, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् ।
सात सांसदमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij