वेबटिभी खबर
काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-११ आहाल डाँडा बस्ने ५५ वर्षीय आइत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका-१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij