Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माइतीघरमा नागरिकताविहीनको धर्ना [फोटोफिचर]

माइतीघरमा नागरिकताविहीनको धर्ना [फोटोफिचर]

  • 388
    SHARES
  • माइतीघरमा नागरिकताविहीनको धर्ना [फोटोफिचर]

    काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएकाे छ ।

    नागरिकता विधेयक-२०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिमा आवद्ध व्यक्तिहरूले धर्ना दिएका हुन् ।

    ‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।

    संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।

    यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएकको छ ।

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन हो ।

    307344777_481384207189182_396485247262371647_n.jpg

    306979385_385599983766527_9010565083349130272_n.jpg

    306795916_655874162398536_6886354079616210990_n.jpg

    307452645_1555178784938707_1936908454674762257_n.jpg

    307836464_846338599856921_2389744804020945829_n.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij