Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अछाम पहिरो अपडेट : १२ जनाको मृत्यु

अछाम पहिरो अपडेट : १२ जनाको मृत्यु

  • 578
    SHARES
  • अछाम पहिरो अपडेट : १२ जनाको मृत्यु

    काठमाडौं । अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ ।

    कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

    त्यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए ।

    अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij