वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले फुटपाथ व्यापारीको व्यवस्थापन गर्न सुझाव दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जवाफ फर्काएका छन् ।
अध्यक्ष डा.भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर@ShahBalenका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!
— Baburam Bhattarai (@brb1954) September 16, 2022
डा.भट्टराईको पोस्टमा जवाफ दिँदै बालेनले लेखेका छन्,‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्याे नि ।’
बालेन साहको कार्यशैलीको प्रशंसा गर्दै डा.भट्टराईले दिए यस्तो सुझाव
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij