Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

  • 457
    SHARES
  • प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले खुमलटार पुगेका छन् ।

    सोमबार बिहान प्रचण्ड निवास पुगेर दुईमन्त्रीले अध्यक्ष प्रचण्डलाई भेटेको गृहमन्त्री सचिवालयले जनाएको छ ।

    भेटवार्तामा प्रतिनिधि सभाको कार्यकाल सकिन केही समय बाँकी रहेको र संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जनाकारी दिए ।

    आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

    नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्नेलगायत विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार भट्टराईले जनाकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij