Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नेप्सेमा २१.२२ अंकको गिरावट

नेप्सेमा २१.२२ अंकको गिरावट

  • 317
    SHARES
  • नेप्सेमा २१.२२ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार २१.२२ अंकले ओरालो लागेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ ।

    यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ । यस्तै सेन्सेटिभ समूहमा ३.८९ अंकको ओरालो लाग्दै ३७९.०५ अंकमा आइपुगेको छ ।

    नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटे पनि म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ ।

    यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन । घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ ।

    यस्तै जीवन बीमा समूह ८५ अंकले घटेको छ । विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ ।

    जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij