Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका

डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका

  • 340
    SHARES
  • डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका

    काठमाडौं । बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ । डेंगुका बिरामी बढ्न थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो ।

    नगर स्वास्थ्य साखाका अनुसार वडानम्बर–३ मा दुईजना र वडानम्बर–१ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ ।

    नगरभित्रका बिरामीलाई पहिचान गरि डेंगुको विषयमा अध्ययन सुरु भएको बर्दिबास अस्पतालका इन्चार्ज रामबाबु साहले जानकारी दिए ।

    नगरले आइतबार बर्दिबास नगरपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई अभिमुखिकरणका माध्यमवाट डेंगु नियन्त्रणको लागिसचेत गराएको थियो ।

    नगरले पहिलो चरणमा लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट गर्ने र यथेष्ट मात्रामा यसको नियन्त्रणको लागि जनचेतना अभिवृद्धि गर्ने नगरपालिकाका प्रवक्ता विजय महतोले जानकारी दिए ।

    ३.९ अर्ब मानिस जोखिम

    मधेस प्रदेश स्वास्थ्य साखाका विशेषज्ञ डा.दिपेन्द्र झाले डेंगु जस्तो घातक रोगवाट बच्न सरसफाइमा मुख्यतः ध्यान दिनुपर्ने बताए । एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग नेपालमा पहिलो पटक सन् २००४ मा देखा परेको थियो ।

    सो समयमा एकजना विदेशी नागरिकमा देखिएको डेंगु अहिले नेपालका ७० जिल्लामा पुगिसकेको छ । विश्वको तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ५० बर्षमा यो जातको प्रजातीको टोकाइबाट सर्ने डेंगुमा ३० गुणा बढेको देखिएको छ ।

    १२८ भन्दाबढी मुलुकका ३.९ अर्ब मानिस यसको जोखिममा छन् । यो रोगका कारण सुरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण बाट सुरु हुन्छ ।

    यो रोगबाट मृत्यु समेत हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिए । यसैलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिकाले लामखुट्टेको बासस्थान पहिचान गरि बिषादी छर्कने र अन्य जिम्मेवारी सम्बन्धित वडालाई दिएको नगरप्रमुख प्रल्हाद क्षेत्रीले जानकारी दिए ।

    अझ नगरमा डेंगुका बिरामी देखिसकेको हुनाले थप संक्रमित हुन नदिन तुरुन्त एक्सनमा आउनुपरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । यो रोगको मृत्युदर उच्च नभए पनि दोश्रो पटक संक्रमण भए तुलनात्मक रुपमा खतरा हुने चिकित्सक दिपेन्द्र झा बताउँछन् ।

    विशेषतः लामखुट्टेको टोकाइबाट नै यो रोग लाग्ने भएकाले जुनसुकै उमेर समुहकोलाई लाग्न सक्ने बताएको छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा लाखौँ अन्डा पार्ने भएकाले यसको जोखिम अत्याधिक रहेको चिकित्सकहरूको सुझाव छ ।

    सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुरमा डेँगु माहामारीको रुपमा फैलिएको थियो । जुनवेला १७ हजार नौ सय ९२ जना यो रोगबाट प्रभावित भएका थिए ।

    एक तथ्यांकअनुसार यस वर्ष मात्र २५ सय ३४ जनामा डेंगु भेटिएको छ भने मधेश प्रदेशमा अहिले ७० जना संक्रमित छन् ।

    महोत्तरीमा भने बर्दिबासबाहेक अन्य पालिकाहरूमा डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिए पनि अहिलेसम्म प्रमाणित नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij