वेबटिभी खबर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा विद्युत् लाइन भूमितगत गर्ने काम सुरु गरेको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो ।
आयोजनाको शिलान्यास नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका हुन् ।
अध्यक्ष प्रचण्ड र निर्देशक घिसिङले गैंची चलाएर आयोजनाको सुभारम्भ गरेका हुन् । नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो ।
अध्यक्ष प्रचण्डले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा थप सघाउ पुग्ने धारणा राखेका थिए ।
यो विकासको काम मात्र नभएर जनताको सुरक्षा र शहरको सौन्दर्यसँग जोडिएको उनको भनाइ छ ।
त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र र चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य शहरी सडकहरूको विद्युत लाइन भूमिगत गर्ने तथा ट्रान्सफरमरहरू सुदृढीकरण थप गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij