Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रपति भण्डारीले प्रचण्डसँग राखिन् नागरिकता विधेयकबारे चासो

राष्ट्रपति भण्डारीले प्रचण्डसँग राखिन् नागरिकता विधेयकबारे चासो

  • 394
    SHARES
  • राष्ट्रपति भण्डारीले प्रचण्डसँग राखिन् नागरिकता विधेयकबारे चासो

    काठमाडौं । राष्ट्रपति  विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु आउने संकेत देखिएपछि सत्तारूढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् ।

    राष्ट्रपति भवन शितल निवासमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका नेताहरूसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी हुन् ।

    दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय–२०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

    तर प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गरेकी हुन् ।

    बुधबार माओवादी नेतासँगको भेटमा पनि उनले नागरिकता विधेयकबारे चासो राखेकी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएका मल्लले जानकारी दिए ।

    वैवाहिक अंगीकृत विषयमा राष्ट्रपतिको चासो र माओवादीको धारणा समान रहे पनि संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याएको जानकारी गराए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij