Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्रोत नखुलेको नगदसहित पक्राउ परेका व्यक्ति जेल चलान

स्रोत नखुलेको नगदसहित पक्राउ परेका व्यक्ति जेल चलान

  • 347
    SHARES
  • स्रोत नखुलेको नगदसहित पक्राउ परेका व्यक्ति जेल चलान

    काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ ।

    प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए ।

    पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा९९प ७२०४ नम्बरको मोटरसाइकल, ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij