Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

काठमाडौं महानगरले विद्यार्थीलाई दैनिक २५ रूपैयाँ खाजा खर्च दिने

काठमाडौं महानगरले विद्यार्थीलाई दैनिक २५ रूपैयाँ खाजा खर्च दिने

  • 528
    SHARES
  • काठमाडौं महानगरले विद्यार्थीलाई दैनिक २५ रूपैयाँ खाजा खर्च दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ ।

    नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजाबापत १५ रूपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रूपैयाँ थप्नेगरी भएको हो ।

    त्यस्तै ७ र ८ कक्षाका बालबालिकालाई भने महानगरले नै दैनिक २५ रूपैयाँ उपलब्ध गराउने छ । महानगरको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

    यसका लागि नगरपालिकाले ९ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । विद्यार्थीको हाजिरी हेरेर खाजा खर्चबापतको रकम उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।

    काठमाडौं महानगरले विद्यालयलाई दिएन दिवा खाजाको पैसा, डेढ करोड फ्रिज काठमाडौं महानगरले विद्यालयलाई दिएन दिवा खाजाको पैसा, डेढ करोड फ्रिज

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij