Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नगर प्रहरीलाई काठमाडौं महानगरले दैनिक ५०० रूपैयाँ भत्ता दिने

नगर प्रहरीलाई काठमाडौं महानगरले दैनिक ५०० रूपैयाँ भत्ता दिने

  • 330
    SHARES
  • नगर प्रहरीलाई काठमाडौं महानगरले दैनिक ५०० रूपैयाँ भत्ता दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक ५०० रूपैयाँ भत्ता दिने भएको छ ।

    काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक ५०० रूपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

    यसअघि महानगरले नगर प्रहरीलाई दैनिक ३०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि ५०० रूपैयाँ पुर्याइउने निर्णय गरेको हो ।

    काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij