Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रिमियर लिग : लिभरपुलको सहज जित

प्रिमियर लिग : लिभरपुलको सहज जित

  • 301
    SHARES
  • प्रिमियर लिग : लिभरपुलको सहज जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९–० को जित निकालेको छ।

    लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, ट्रेन्ट एलेक्सजाण्डर अर्नोल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे ।

    बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो । 

    जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ । बर्नेमाउथ ४ खेलबाट तीन अंक सहित १६औं स्थानमा छ । 
    यस्तै अन्य खेलमा  म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकाले। 

    ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो । 

    अर्को रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४-२ को जित निकाल्यो । 

    यता, चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । 

    यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १-१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित गर्यो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij