वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वनस्थलीमा निर्माण गरिएका अवैध संरचनामा पनि डोजर चलाएको छ ।
अनुमति नलिइ बनाइएका अवैध संरचना भत्काउने अभियानलाई महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।
आज वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ निर्माण गरिएका अवैध घर टहरा भत्काउन थालिएको महानगरपालिकाले जनाएको छ ।
सार्वजनिक जग्गामा निर्माण गरिएका, स्वीकृत नलिई बनाइएका घर टहरा बिहानबाट भत्काउन थालिएको हो ।
महानगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको थियो ।
उक्त आग्रहलाई विभिन्न घरधनी र व्यापारीहरूले वेवास्ता गरेपछि महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँ फिल्डमा पुगेर अवैध संरचना भत्काउन निर्देशन दिन थालेका छन् ।
महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागकोे अन्डरग्राउन्ड खाली गराएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij