Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

तीजको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

तीजको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

  • 433
    SHARES
  • तीजको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

    काठमाडौं । हरितालिका तिजको अवसरमा लमजुङ मर्स्याङ्दी युवा क्लबले आयोजना गरेको तीज उत्सव अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

    क्लबका पूर्वअध्यक्ष प्रवीणकुमार कायस्थको स्मृतिमा आयोजित खुल्ला युगल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म जारी रहने प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा लमजुङसहित गोरखा, चितवन, बुटवल काठमाडौं लगायतका ठाउँबाट प्रतिस्पर्धाका निम्ति सहभागिता जनाएका छन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र र दुई समूहलाई नगद १० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको क्लबले जनाएको छ ।

    विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका कारण विगतका दुई वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएको क्लबले यस वर्ष प्रतियोगितासहित सांगीतीक तीज उत्सव गर्ने भएको हो ।

    तीजका अवसरमा हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यसवर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै तीज उत्सव गर्न लागिएको क्लबले जनाएको छ ।

    ब्याडमिन्टन प्रतियोगिताको अलावा हरितालिका तीजको मुख्य दिन १४ गते फूलबारी मञ्चमा विशेष सांगीतिक कार्यक्रम हुने क्लबले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij