वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ ।
शुक्रबार महानगरका मेयर बालेन्द्र साह (बालेन)सहितको टोलीले पार्किङ क्षेत्रमा राखिएका सामग्री हटाइदिएको हो ।
पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो ।
घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको छ ।
बिहीबार महानगरले नयाँबानेश्वर आसपासका क्षेत्रमा पुगेर अवैध संरचना हटाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij