वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका छन् ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका साहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
अल्फाबिटाका सञ्चालकलाई बालेन साहकाे प्रश्न– तपाईंको घरको नक्सा मसँग हुन्छ ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij