Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

काठमाडौं जिल्ला अदालतलाई महानगरले भन्यो– भवन नक्सा पासको विवरण पठाऊ 

काठमाडौं जिल्ला अदालतलाई महानगरले भन्यो– भवन नक्सा पासको विवरण पठाऊ 

  • 443
    SHARES
  • काठमाडौं जिल्ला अदालतलाई महानगरले भन्यो– भवन नक्सा पासको विवरण पठाऊ 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । 

    महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएकाे छैन । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटिएकाे छ ।

    महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij