Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन गरिदै

राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन गरिदै

  • 413
    SHARES
  • राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन गरिदै

    बाँके । बाँके जिल्लामा आगामी असोजको पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने भएको छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा दुई स्टेशन राखेर विवरण संकलन हुने जानकारी दिए ।

    उनले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताए । विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ ।

    १६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत सहभागी थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij