Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपति भण्डारी नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन

राष्ट्रपति भण्डारी नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन

  • 408
    SHARES
  • राष्ट्रपति भण्डारी नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

    राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनले स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

    बिहान ११ बजे अस्पताल पुगेर राष्ट्रपति भण्डारीले अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा.उपेन्द्र महतोसँग नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
    राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा बसेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

    यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

    प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघिनेपाल फर्किएका थिए ।

    नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij