वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।
शनिबार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ । उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियो अहिले त्यहि स्थिति छ ।
लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो ।
उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij