वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निहारिका राजपुतलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै निहारिकाले काठमाडौंका विभिन्न स्थानमा लामो समयदेखि अनशन बस्दै आएकी छिन् ।
समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि निहारिकाले अनशन ताेडेकी थिइन् । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनले पुनः आफ्ना माग राख्दै आएकी छिन् ।
सोही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले अहिले शिक्षण अस्पतालमा राखेको छ ।
अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर साहले उनको माग जायज भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij