वेबटिभी खबर
काठमाडौं । काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँचजना मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत फेला परेका छन् ।
प्युठानको गौमुखी गाउँपालिका-४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका-३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत फेला परेकी छिन् ।
यसैगरी नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-५ स्थित खर बारीमा सोही नगरपालिका-१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुवँर सोमबार मृत फेला परेका छन् ।
गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यस्तै मोरङको बेलबारी नगरपालिका-३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय बिसाल राई नाम गरेका व्यक्ति सोमबार मृत फेला परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपलिका-१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत फेला परेका छन् ।
सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij