वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।
मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १६ कम्पनीको ३ हजार ७८२ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको मूल्य बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij