Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

महानगरका हरेक समस्या आफ्नैजस्तो लाग्न थाल्यो : रेनु दाहाल 

महानगरका हरेक समस्या आफ्नैजस्तो लाग्न थाल्यो : रेनु दाहाल 

  • 529
    SHARES
  • महानगरका हरेक समस्या आफ्नैजस्तो लाग्न थाल्यो : रेनु दाहाल 

    चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरभित्रका समस्याहरू आफ्नै व्यक्तिगतजस्तो लाग्न थालेको बताएकी छिन् ।

    सोमबार अनेरास्वियू (क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको बिदाई कार्यक्रममा मेयर दाहालले यस्तो धारणाा राखेकी हुन् ।

    मेयरका रूपमा पहिलो कार्यकाल पनि भरतपुरमा अन्तभन्दा पृथक् विकास गर्न सकिएला भन्नेतर्फ आफ्नो प्रयास केन्द्रित रहेको र त्यसले महानगरभित्र विकास योजनाहरू अघि बढाउन मद्दत गरेको मेयर दाहालको भनाइ थियो ।

    सोही कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले कृषि परिषद्का लागि विद्यार्थीको संघर्षमा अफ्नो संगठन साथै रहने प्रतबद्धता व्यक्त गरिन् ।

    नेताहरू दिपेश पुन, मदन भट्टराई, केशव रावल, सुरजसिंह ठकुरी, अशोक देवकोटालगायतले ३ महिने विद्यार्थी अभियान र यसका उद्देश्य केन्द्रित प्रशिक्षण दिएको कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयबाट अध्ययन पूरा गरेका प्राविधिक विद्यार्थीलाई प्रमाणपत्रसहित बिदाई गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij