Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा तीनजना मृत फेला

विभिन्न स्थानमा तीनजना मृत फेला

  • 303
    SHARES
  • विभिन्न स्थानमा तीनजना मृत फेला

    काठमाडौं । जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीनजना मृत फेला परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बिच भागमा बुधबार मृत फेला परेका छन् ।

    यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत फेला परेका हुन् ।

    त्यस्तै सुनसरीको इनरुवा नगरपालिका-९ तिनठडिया थानमा सोही नगरपालिका-९ यादव टोल बस्ने ४२ वर्षीया अनितादेवी यादव बुधबार मृत फेला परेकी छिन् ।

    यी सबै घटना सम्बन्धी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij