Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारसँग डा.सिंहकाे माग

अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारसँग डा.सिंहकाे माग

  • 419
    SHARES
  • अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारसँग डा.सिंहकाे माग

    काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा.अमरेश कुमार सिंहले वर्तमान अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।

    आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै सांसद डा.सिंहले श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।

    बैठकमा उनले भनेले भने, ‘सरकारसँग देशको मौजुदा अर्थतन्त्रको बारेमा श्वेतपत्र जारी गर्न सभामुखमार्फत माग गर्दछु ।’

    डा.सिंहले हरेक आर्थिक वर्ष रू २.५ अर्ब डलरले विदेशी सञ्चिति भण्डारण घट्दै गए २ वर्षमा देशको आर्थिक अवस्था भयावह हुनेप्रति सरकारलाई सजग गराए ।

    ‘अहिले कोरोनापछि आर्थिक वृद्धिदर करिव ५.८ प्रतिशत रहेको छ । तर डरलाग्दो अवस्था के छ भने विदेशी मुद्राको सञ्चिति भण्डारण पछिल्लो आर्थिक वर्षको तुलनामा करिव २.५ अर्ब डलर कम देखिन्छ । अहिले विदेशी मुद्राको सञ्चिति भण्डारण ९.४५ खर्ब डलर छ । जुन गत आर्थिक वर्षमा ११.७४ अर्ब डलर थियो । अहिलेको सञ्चिति विदेशी मुद्राको भण्डारणले साढे छ महिनाको आयातको लागि मात्र पुग्दछ । यसै अनुपातमा हरेक आर्थिक वर्ष रू २.५ अर्ब डलरले विदेशी सञ्चिति भण्डारण घढ्दै गयो भने २ वर्षमा देशको आर्थिक अवस्था भयावह हुन्छ,’ डा.सिंहले बैठकमा भने ।

    वर्तमान अर्थतन्त्रको तस्बिर देखाउँदै सांसद डा.सिंहले अहिले देशको जम्मा मौजात करिव ५० खर्ब रहेको बैठकमा जनाए ।

    जसमा कुल ऋण प्रवाह करिब ४७ खर्ब भएको उनको भनाइ छ । ४७ खर्ब ऋण औद्योगिक घरना, ठूला व्यवसायी तथा आम नागरिकसमेत गरि कुल ऋणीको संख्या १८ लाख रहेको डा.सिंहले बताए ।

    उक्त ऋण करिब एक सयजनाले आधाभन्दा बढी (झण्डै ३० खर्ब) लिएको जनाउँदै डा.सिंहले यसमा पनि केही सीमित व्यक्तिहरूको ६ हजार करोड (६० अर्ब) लिएको बताए । 

     

     

     

    296313627_581853003379298_6206122504430595030_n.jpg

     

    296501486_766833234733522_5001409541404994205_n.jpg

     

    296317761_1021854258523773_9201682286888806058_n.jpg
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij