Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

  • 340
    SHARES
  • विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

    काठमाडौं । दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका-२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढामगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो ।

    खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएकी उनकाे घोराही उपमहानगरपालिका-१९ स्थित कटुवा खोलाको किनारमा शव फेला पारेको हो । घटना लगत्तै वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो ।

    यसैगरी मोरङको विराटनगर महानगरपालिका-१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका-५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ ।

    त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

    मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो । 

    धनुषाको हंसपुर नगरपालिका-९ रूदौली बस्ने नरेशप्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij