Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वाह अलैंची अभियान

वाह अलैंची अभियान

  • 377
    SHARES
  • वाह अलैंची अभियान

    काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी)को सहयोगमा ‘वाह अलैंची’  अभियान सुरु गरेको छ ।

    होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।

    यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरू समेत बढाउनेछ ।

    बेलायतको रियालिटी कुकरी टिभीशृंखला बीबीसी मास्टर सेफका विजेता सन्तोष शाह याे अभियानको ब्रान्ड एम्बेसेडर बनेका छन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहररू पनि तयार गर्नेछन् ।

    साथै यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # अलैँची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij