Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डुबेर एकजनाको मृत्यु

डुबेर एकजनाको मृत्यु

  • 333
    SHARES
  • डुबेर एकजनाको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ ।

    जिल्लाको शतिगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।

    अर्घाखाँचीको मालारानी गाउँपालिका-४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

    खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij