Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपाका कार्यकर्ताले दिए सामूहिक राजीनामा

लोसपाका कार्यकर्ताले दिए सामूहिक राजीनामा

  • 3.7K
    SHARES
  • लोसपाका कार्यकर्ताले दिए सामूहिक राजीनामा

    रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का १०० भन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    रौतहटमा पत्रकार सम्मेलन गरेर नेता तथा कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका हुन् ।

    २०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको गौर नगरपालिका–३ का पूर्ववडा अध्यक्ष श्याम सुन्दर गुप्ताले जानकारी दिए ।

    पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजयकुमार गुप्ता, उपप्रमुखकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्वअध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्व अध्यक्ष राजेश सिंह (मोहन), वडा सदस्य भैरो महतो, बैजनाथ महतोलगायत छन् ।
     

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij