Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पर्सामा पुनः कोरोना संक्रमित भेटिँदै

पर्सामा पुनः कोरोना संक्रमित भेटिँदै

  • 403
    SHARES
  • पर्सामा पुनः कोरोना संक्रमित भेटिँदै

    पर्सा । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन् ।

    गत चैतको अन्तिम सातादेखि संक्रमित नभेटिएपछि बन्द गरिएको पीसीआर परीक्षणलाई पुनः सुरु गरिएपछि संक्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिए ।

    सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ६ जनामा संक्रमण पुष्टि भएको छ । उनले  ३४ जनाको स्वाबलाई परीक्षण गर्दा ६ जना महिलामा संक्रमण पुष्टि भएको बताए ।

    ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शंका लागेकालाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा.सिंहले जानकारी दिए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरूको घरमै उपचार भइरहको उनले बताए ।

    नारायणी अस्पतालमा हाल प्रत्येक मंगलबार शंका लागेका बिरामीको पीसीआर परीक्षण सुरु गरिएको र यो संख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij