Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठमाडौंवासीले कहिलेसम्म फोहाेरसँग पौँठेजोरी खेल्ने ?

काठमाडौंवासीले कहिलेसम्म फोहाेरसँग पौँठेजोरी खेल्ने ?

  • 391
    SHARES
  • काठमाडौंवासीले कहिलेसम्म फोहाेरसँग पौँठेजोरी खेल्ने ?

    काठमाडाैं । राष्ट्रियसभाका सांसदहरूले काठमाडाैं उपत्यकाभित्र थुप्रिएको फोहाेरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् ।

    सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भनिन्,‘काठमाडाैंमा थ्रुप्रिएका फोहाेरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडाैंवासीले फोहाेरसँगै पौँठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने  हो ?’ फोहाेरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो ।

    जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै सङ्घीयता कार्यान्वयनमा जोड दिइन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भने ।

    नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरिन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले व्रिटिश गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

    नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महंगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरिन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, ‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ?।’

    नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दलहरूले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट दिनुपर्ने माग गरिन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij