वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण आज १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ७७६ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij