वेबटिभी खबर
काठमाडौं । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (सोमबार) कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसाे ३ बजे बैठक बस्ने जनाइएकाे छ ।
बैठकमा विविध १२ बुँदाका एजेन्डामा छलफल हुने एन्फाले जनाएकाे छ ।
जसमा विवादित नेपाल सुपर लिग (एनएसएल)देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसीप मुख्य एजेन्डा छन् । पछिल्लो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij